arrow
ADVERTISEMENT

राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
bishnu-poudel-05-27.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभई अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिए । 

उनले राजश्व परिचालनमा कुनै पनि सम्झौता नहुने उल्लेख गरे । उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको बताए । उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले दबाबमा छ । राजश्व परिचालनका दृष्टिकोणले हाम्रा सामुन्ने चुनौतीहरू छन् । यो दबाब व्यक्तिगत रूपमा पनि अत्यन्त गहिरो गरी अध्ययन गरेको छु । अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे—जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदि हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरूलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्न कस्नुपर्छ त्यो यहाँहरूलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनु भयो भने पुग्छ । राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भावना पूरा गर्ने हिसाबले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनै पनि कम्परमाइज हुनेछैन । यहाँहरूले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ