arrow
ADVERTISEMENT

प्रहरीको इन्स्पेक्टर र असईमा खुल्यो जागिरको अवसर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरीले ठूलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो ।

योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनोट शाखाले जनाएको छ । 

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ