arrow
ADVERTISEMENT

महाकालीले बगाउँदा किशोरको मृत्यु, एक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
mahakali-nadi-badh.jpg
फाइल तस्बिर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।

महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो भीमदत्त-१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् ।

तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।

लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ