arrow
ADVERTISEMENT

प्रचण्डको आरोप- भ्रष्टाचारीलाई जोगाउन रातारात ठूला दल मिले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
prachanda-05-30.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातारात षड्यन्त्रमूलक ढङ्गले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् । आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए । 

उनले संसारमा कतै पनि संसद्का दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए । 

उनले भने, ‘जब नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ती फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानीलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमूलक ढङ्गले संसारमा सामान्य रूपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

प्रचण्डले गिरिबन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताए । उनले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ