arrow
ADVERTISEMENT

संसदीय समितिले दोषी ठहर गरेपछि रवि भ्रम छर्दै भन्छन् – सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
ravi-lamichhane-05-31.jpg

काठमाडौँ । संसदीय समितिले दोषी ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रम छर्न थालेका छन् ।  रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् । उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताए । 

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने उनले स्पष्ट पारे । 

उनले भने – ‘अझै पनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । बाँकी प्रचलित कानुन अनुसार कहीँ कतै गडबड गरेको भए सजायको भागिदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा म बाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ । प्रचलित कानुनका समस्या आएका रहेछन् । कहीँ करका कुरा होलान् के होलान् । त्यसको भागिदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ । त्यसकारणले हामीले सहमति गरेर हस्ताक्षर गर्‍यौँ । नत्र नोट अफ डिसेन्ट लेख्छौँ । आफ्नो कार्यकालमा भएका चिजहरू दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानुन बमोजिमको जबाफदेहिता दिनुपर्छ भन्ने कुराको कुराबाट भाग्ने मान्छे हामी होइनौँ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ ।’

संसदीय समितिले रविको नाम किटान गरेर दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । 

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनबाट

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ