arrow
ADVERTISEMENT

रवि लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाही गर्न सिफारिस, यस्तो छ सिफारिसको बुँदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
ravi-lam-03-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ । 

समितिले सोमबार प्रतिनिधि सभाको बैठकमा बुझाएको प्रतिवेदनमा लामिछानेलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । यद्यपि लामिछाने र उनको पार्टीका नेताहरुले भने निर्दोष रहेको प्रचार गरिरहेका छन् ।

समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको हो ।

समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, 'कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरु त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरुले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरु जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन् । त्यसबापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ ।'

प्रस्तुत प्रतिवेदनको बुँदा नम्बर ४ मा स्पष्टसँग उल्लेख गरिएको छ, 'सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।'

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनबाट

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ