arrow

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति आलोच्य छ - माधव नेपाल [भिडियो]

त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
madhav-nepal-06-05.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  उनले मनपरी ढङ्गले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गरे । 

उनले सबै कुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरू हातेमालो गर्न तयार रहेको बताए । उनले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए । उनले संशोधनको विषयहरू आएपछि आफूहरू छलफल गर्न तयार हुने पनि बताए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्ने गरी कुनै पनि संशोधन भए स्वीकार्य नहुने बताए ।

उनले भने, ‘हिजो मात्रै संविधान दिवस थियो । आज ४ गते हो । संविधान दिवसका सन्दर्भमा संविधानका राम्रो कुराहरू केके हुन्, भन्नेबारेमा व्यापक छलफल भए । हिजो राष्ट्रपतिको सम्बोधन पनि उनको भाषण पनि मैले सुनेँ । उनले संविधानको पोजेटिभ कुरालाई अघि सार्नुभयो । ती पोजेटिभ कुराको व्यापक प्रचारप्रसार गर्नुपर्छ । नेगेटिभ के छ ? त्यसबारेमा सुधारका लागि लाग्नुपर्ने आवश्यकता छ । अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ । वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन । त्यसबारेमा धेरै कुराहरू आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न । पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौँ । तर जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्ने गरी यस्ता कुनै पनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन । तर यत्तिकै सजिलै गरी कसैले पास पनि गर्न सक्दैन । राष्ट्रिय सभामा हामी एकताबद्ध भयौँ भने, त्यहाँ दुई तिहाइ पुग्ने वाला छैन । त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस् । मनपरी ढङ्गले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनीय छ । आलोच्य छ । हामी सबै कुरामा छलफल गरेको चाहन्छौँ । हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ । एकताबद्ध भइ हातेमालो गर्न तयार छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ