arrow

सदन अवरोध जारी रहन्छ - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
prachanda-05-06.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन अवरोधलाई जारी राख्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत, विस्तृत शान्ति सम्झौता विपरीत सदन अवरोधको स्थितिमा रहेको बताए । 

उनले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर भए पनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरूको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए । उनले कमजोर छौँ भनेर हीन भावना लिनु सही नहुने बताए । 

उनले भने, ‘हामी अहिले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हीन भावना लिनु सही हुँदैन । सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरू हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत, विस्तृत शान्ति सम्झौता विपरीत हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लङ्घन गर्ने, शान्ति सम्झौता उल्लङ्घन गर्ने अधिकार छैन । हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरूले सडकबाट उठाइदिन पर्‍यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ