arrow

मुगु ६५ औँ साक्षर जिल्ला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
mugu-sakchar-district.jpg

मुगु । विकट हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका चार वटा स्थानीय सरकारहरुले साक्षरपालिका घोषणा गरेपछि मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर अभियान जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । 

जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाहरुले सामूहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए । 

‘हिजो गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्नका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिँड्नु पर्ने अवस्था थियो अहिले त्यो अवस्था छैन, महिला दिदीबहिनीहरू कोही साक्षर थिएनन् कतै बजारतिर जाँदा सामानहरुको मूल्यअनुसार नगद दिन सक्ने साक्षर थिएनन् । आज सबै जान्न सक्ने भएका छन्’ नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्ग मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनी स्थानीय सरकारहरुले १२ सूचकहरुमध्ये ६ सुचक पूरा गरेको र  बाकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम,योजना बनाउँदा ध्यान दिन सुझाव दिए । 

नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर घोषणामा मात्र सीमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनु र्ने बताए । 

सामुदायिक स्वास्थ्य इकाइहरु प्रदेश सरकारले गाउँगाउँमा खोले पनि बजेट नदिँदा चलाउन समस्या भएकाले कि बजेटको व्यवस्था गर्न कि खारेज गरिदिन सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले कार्यक्रममा उपस्थित सामाजिक विकास मन्त्री घनश्याम भण्डारी मार्फत कर्णाली प्रदेश सरकारलाई आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ