arrow

सत्ताका लागि संविधान संशोधनको कथा - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
prachanda-06-07.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनुपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरे । 

प्रचण्डले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँ कतै सुनिएको थियो ? भनी सहभागीहरूलाई प्रश्न पनि गरेका थिए । कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको प्रचण्डको भनाई थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अङ्ग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए । प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा कहिल्यै नलिएको बताए । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै प्रचण्डले त्यसमा ठूला दलहरू गम्भीर बन्नुपर्ने बताए । 

उनले भने, ‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अङ्ग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अङ्ग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यसकारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । सेना समायोजनको बारेमा, हिजोको हतियार व्यवस्थापनको बारेमा र अहिले बाँकी रहेको सत्य निरूपण तथा बेपत्ता आयोगसँग सम्बन्धित कामहरूको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो अब्जेक्शन कहाँ छ भने अहिले दुई ठूला राजनीतिक दलहरूले त्यसको मर्म अनुसार अगाडि बढ्नु भएको छैन । मैले अलि गम्भीर ढङ्गले भन्न चाहेको छु यो कुरा । उहाँहरूको एजेण्डा संविधान संशोधन थिएन २-४ दिन अगाडिसम्म । उहाँहरूले कहिल्यै यो संविधानको समीक्षा गर्नुपर्‍यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन । तपाईँहरू कसैले सुन्नुभएको छ ? नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली काँगेसले पनि संविधान संशोधन गर्नुपर्‍यो भनेर छलफल गरेको थिएन । होइन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनै पनि तरिकाले हटाउनुपर्ने भयो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभएको हो । र, त्यति बेला उहाँहरुले कथा बनाए संविधान संशोधन । संविधान संशोधन एजेण्डा होइन, उहाँहरूको अर्कै एजेण्डा हो । मैले के भन्छु भने–यदि उहाँहरूको संविधान संशोधन गर्नु थियो । र यो संविधान शान्ति सम्झौताको पनि अङ्गको रूपमा रहेको छ । त्यसकारण शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल र त्यसको नेतासँग संविधान संशोधनबारे छलफल, बहस गर्न हुँदैनथ्यो र । सहमति गरौँ, यो विषय मुलुकमा राजनीतिक स्थायित्वका लागि चाहियो भनेर २-४ दिन अगाडि जति बेलासम्म म प्रधानमन्त्री नै थिए । प्रधानमन्त्रीसँग छलफल गर्न हुँदैनथ्यो त । छलफल गर्दा बिग्रिन्थ्यो त ? उहाँहरूले लुकाएर गर्नुभयो । लुकाए । र बडो अप्राकृतिक तरिकाले आफनै पार्टीलाई पनि थाहा नदिई गर्नुभयो । जे गर्नुभयो, त्यो पनि कयौँ दिनसम्म नेपाली जनतालाई पनि लुकाई राख्नुभयो । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ