arrow

‘भारतका लागि एक पृथ्वी, एक परिवार, एक भविष्य एक प्रतिबद्धता हो’ : मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
narendra-modi-24-9-23.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी भविष्यको कुरा मानव केन्द्रित दृष्टिकोणबाट हुनुपर्नेमा जोड दिएका छन् । 

संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा सम्बोधनका प्रधानमन्त्री मोदीले आफूलाई भारतीयले तेस्रो पटक सेवा गर्ने मौका दिएको बताउँदै विश्वव्यापी भविष्य मानव केन्द्रित दृष्टिकोणबाट हुनुपर्ने बताएका हुन् । 

उनले दीगो विकासलाई प्राथमिकता दिँदै मानव कल्याण, खाना र स्वास्थ्य सुरक्षा पनि सुनिश्चित हुनुपर्ने बताए । 

मोदीले भारतमा २५० मिलियन मानिसलाई गरिबीबाट बाहिर निकालेर आफूहरुले दीगो विकास सफल हुन सक्छ भनी प्रमाणित गरेको बताए । 

सम्बोधनका क्रममा मोदीले सफलताको आफूहरुको अनुभव विश्वव्यापी साझा गर्न तयार रहेकोसमेत उल्लेख गरे । 

उनले मानवताको सफलता सबैको सामूहिक शक्तिले मात्र सम्भव छ भएको भन्दै रणभूमि मैदानले असफलतामात्रै निम्त्याउने बताए । 

वैश्विक शान्ति एवं विकासका लागि ग्लोबल संस्थामा सुधार आवश्यक रहेकोमा जोड दिँदै मोदीले सुधार सान्दर्भिकताको सूत्र भएको ठोकुवा गरे । 

अफ्रिकन युनियनलाई नयाँदिल्ली शिखर सम्मेलनमा जी–२० को स्थायी सदस्यता प्रदान गर्नु यही दिशामा एक महत्वपूर्ण कदम रहेकोसमेत मोदीको दाबी छ । 

विश्वलाई एकत्रित गर्न चुनौती नै चुनौती रहेको भन्दै मोदीले भने, ‘वैश्विक शान्ति र सुरक्षाका लागि एकातिर आतंकवाद जस्तो ठूलो खतरा छ भने अर्कातर्फ साइबर, समुद्री र अन्तरिक्ष जस्ता अनेक संघर्षका नयाँ नयाँ मैदान बनिरहेका छन् । यी सबै विषयमा म जोड दिएर भन्छु कि विश्वव्यापी कार्य विश्वव्यापी महत्वाकांक्षासँग मेल खानुपर्छ ।’

प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगका लागि सन्तुलित नियमनको आवश्यकता रहेकोमा जोड दिँदै मोदीले भने, ‘हामीलाई यस्तो विश्वव्यापी डिजिटल शासन चाहिन्छ जसमा राष्ट्रिय सम्प्रभुता र अखण्डता अक्षूण रहोस् । डिजिटल सार्वजनिक पूर्वाधारले पुलको काम गर्नुपर्छ नकि अवरोधकको ।’

विश्वव्यापी सफलताका लागि भारत आफ्नो डिजिटल सार्वजनिक पूर्वाधार पूरै विश्वसँग साझा गर्नका लागि तयार रहेको प्रतिबद्धतासमेत मोदीले व्यक्त गरे । 

उनले भने, ‘भारतका लागि एक पृथ्वी, एक परिवार, एक भविष्य’ एक प्रतिबद्धता हो । यही प्रतिबद्धता हाम्रो एक पृथ्वी, एक स्वास्थ्य, एक सूर्य, एक विश्व र एक ग्रिल्ड जस्ता पहलमा पनि देखिएका छन् । पूरै मानव हितको रक्षा र वैश्विक समृद्धिका लागि भारतले मनसा, वाचा र कर्मणाबाट काम गर्दै रहनेछ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ