arrow
ADVERTISEMENT

कास्की प्रहरी प्रमुख थापाको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
bike-kaskipolice-mohan-thapa.jpg

पोखरा । प्रहरी प्रधान कार्यालयले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एससी) मोहनकुमार थापासहित ४१ जना एसपीको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार कास्की प्रहरी प्रमुख थापाको प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन इकाइमा सरुवा गरिएको छ ।

थापाले करिब १३ महिना कास्की प्रहरीको कमाण्ड सम्हालेका थिए । उनी २०८० भदौमा सरुवा भएर कास्कीमा आएका थिए ।

थापाको स्थानमा एसपी श्यामबाबु ओलियालाई पठाइएको छ । ओलिया सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत थिए ।

यसैगरी तनहुँ प्रहरी प्रमुख अपिलराज बोहरा, नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँका केदार खनाल, नेपाल प्रहरी प्रदेश कार्यालय कास्की अपराध अनुसन्धान शाखाका यादव ढकालको पनि सरुवा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ