परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
339
Shares
वाशिङ्गटन डिसी (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।