रोकिएन नेपालको हारको श्रृंखला, क्यानाडासँग १४ रनले पराजित, आज ओमानसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
421
Shares
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–२० श्रृंखलामा खराब शुरुआत गरेको छ । गएराति सम्पन्न क्यानाडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।
क्यानाडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल आउट हुँदै १०९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानाडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।
क्यानाडाका लागि साद बिन जफरले सर्वाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४–१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३–३, रजिन ढकाल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए ।
अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दैछ । खेल राति ९ः४५ बजे शुरु हुनेछ ।