arrow

पूर्वमा बाढी पहिरोले खायो बिजुली

बाढी,पहिरोका कारण यस वर्ष हिउँदमा विद्युत् आयातमा भर पर्नुपर्ने [भिडियो]

अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने - कुलमान घिसिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
kulman-06-14.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउने बताएका छन्। कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावाटको माथिल्लो तामाकोकी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल बिल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताए । उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए । 

घिसिङले विद्युत् क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताए । उनले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनः निर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत् व्यवस्थापनमा केही समस्या आउन सक्ने बताए । उनले हिउँदको समयमा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गरे । उनले क्षति पुगेका जलविद्युत आयोजनाहरूमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए । 

साथै पूर्वमा बाढी पहिरोले बिजुली अबरुद्ध भएको बताए ।  उनले बाढीको कारण कावेली कोरिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको बताए । उनले कावेली कोरिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत् सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताए ।

उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनै पनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताए । उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एक हप्ताभित्र बनाउने बताए । उनले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिब ८ सय मेगावाट पावर सप्लाई गर्ने टावरतिर तामाकोकी नदी बगिरहेकाले खतरामा रहेको बताए । उनले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोकी करिडोर बन्द हुने बताए । उनले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताए । 

उनले भने,‘४५६ मेगावाटको माथिल्लो तामाकोकी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल बिल्डिङ पूर्णरुपमा ध्वस्त भएको छ । क्षति यकिन गर्न सकिएको छैन । चार जना बेपत्ता भएको अवस्था छ । अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनर्निर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत् व्यवस्थापनमा केही समस्या आउन सक्छ । त्यो समयमा बढी विद्युत् आयात गर्नुपर्ने हुनसक्छ । छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौं । कावेली कोरिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको छ । कावेली कोरिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत् सप्लाई हुने लाइन पनि बन्द भएको छ । खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ । त्यसलाई बनाउन जाने कुनै पनि माग नभएकाले समस्या भएको छ । एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ । खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ । त्यसले करिब ८ सय मेगावाट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोकी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावाटको लिखु र तामाकोकी करिडार सबै बन्द हुने अवस्था छ । विद्युत् लाइनको टावर जानु र आयोजना जानु फरक छ । एउटा टावर जाँदा सबै आयोजनाहरू जान्छन् । त्यसैले टावरलाई जोगाउन महत्त्वपूर्ण छ । चमेलिया करिडोरमा पनि केही क्षति भएको छ । वितरण लाइनमा पनि धेरै समस्याहरू छन् । बिट गरेको एक पटको ८ सय मेगावाट विद्युत् प्रयोग गर्नसक्यौं । तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत् पनि खरिद गर्न सकेनौँ । अहिले विद्युत् निर्यात घटेको छ । करिब २५० देखि ३०० मेगावाटको मात्रै निर्यात भइरहेको छ । अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो । खपत गरेर बाँकी रहेको विद्युत् मात्रै खपत गर्ने हो ।’

उनले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत् पनि घटेको बताए । उनले करिब २५० देखि ३ सय मेगावाटको मात्रै विद्युत् निर्यात भइरहेको बताए । उनले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ