arrow

फलेजस्तै देखिने चमेरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
bat-chamero-81-6-16.jpg
तस्बिर – रासस ।

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित न्हुःपुखु (रानीपोखरी) वरिपरिको रूखमा चमेरोको बथान बसेको छ । रूखभरि फल फलेको जस्तो देखिने गरी बसेको चमेरोले पर्यटकका लागि आकर्षण थपेको छ । 

रानीपोखरी निकै सफा देखिन्छ । यो रानीपोखरी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दू भएको छ । 

विसं १६८७ (नेसं ७५०) मा तत्कालीन भक्तपुरका राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ ।

त्यसको करिब ४० वर्षपछि मात्र तत्कालीन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ