arrow

राष्ट्र हितको पक्षमा हामी जहिले पनि बोल्छौँ, अडान लिन्छौँ -नारायणकाजी श्रेष्ठ [भिडियो]

नेपालले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि  बढाउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
narayankaji-06-07.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । उनले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे । उनले विश्व राजनीतिक एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । देशको राष्ट्रिय हितलाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । 

उनले भने, ‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । र, उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । कुनै एउटासँग घनिष्ठ सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौँ । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ । र त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रूपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्छ । तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधिनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौँ, अडान लिन्छौँ । र हामीले आफ्ना राष्ट्रिय हितको पक्षमा उभिँदाखेरि अरू कुनै पनि देशले आफ्नो देशको विरुद्धमा गतिविधि गर्‍यो भन्न मिल्दैन । त्यो देशले पनि आफ्नो सार्वभौमता र राष्ट्रिय हितको पक्षमा त बोलिहाल्छ । त्यसकारण हाम्रो कुरा के हो भने हामी हाम्रो छिमेकीहरूसँग राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौँ । हामी अरू मित्र राष्ट्रहरूसँग पनि राम्रो सम्बन्ध अघि बढाउन चाहन्छौँ । त्यसैले त्यो समानतामा आधारित जो हाम्रा मैत्रीपूर्ण सम्बन्धको आधार हो । त्यसको आधारमा हामी सबैसँग मित्र सम्बन्ध राखेर अगाडि बढाउन चाहन्छौँ । र त्यसो गर्‍यो भने मात्रै अहिले जो नेपालको मुख्य कार्यभार आर्थिक समृद्धिको कार्यभार हो । त्यो समृद्धिको कार्यभार पूरा गर्न सकिन्छ । अहिले विश्व बिस्तारै सबैले देखिराखेको छ । सम्पूर्ण विश्वको बदलिँदो परिस्थिति एसिया केन्द्रित हुँदै आइराखेको छ । दोस्रो भूराजनीतिले विश्वमा अत्यन्तै ठूलो प्रभाव पार्दै लगिराखेको छ । र हाम्रो देश जुन भूराजनीतिक अवस्थितिमा छ । त्यसले पैदा गरेको संवेदनशीलता र चुनौतीहरू गम्भीर छन् । हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, हामीले पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्र सङ्घको बडा पत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्दछ । यसलाई हामीले केन्द्रविन्दुमा राखेर यसमा विचलित नभई अरूसँग मैत्रीपूर्ण सम्बन्ध हामी राख्न चाहन्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ