arrow

चाडका बेला पोखराका होटलमा ३० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
pokhara-fewa-city.jpg
फाइल तस्बिर

पोखरा। पर्यटन राजधानी पोखराका होटलमा विजयादशमी, दीपावली, छठलगायत चाडपर्वका अवसरमा कम्तिमा ३० प्रतिशत छुट दिइने भएको छ ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादशैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिए । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उनले आग्रह गरे ।

भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।

‘पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ, यस छुट अभियानले आन्तरिक पर्यटनकलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष सुवेदीले भने ।

सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारी, हवाई दुर्घटनालगायत कारणले शिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको उल्लेख गरे ।

उनले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशत छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा गरे ।

सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा-मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अघि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ