arrow

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
Milk.jpg.jpeg
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो ।

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब रु सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी सङ्कलन केन्द्र सञ्चालन गरेको जानकारी दिए ।

“हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,” उनले भने, “गाउँका किसानबाट दूध सङ्कलन गरेर पोखरेबगर, भुरुङ-तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।”

पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले सङ्कलन केन्द्रमा दूध ल्याउने गरेका छन् ।

व्यावसायिक रुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष विमल बरुवालले बताए ।

“बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध सङ्कलन र बिक्री वितरण गर्न थालेका छौँ,” उनले भने । विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफूल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ