arrow

टीकापछि धान काट्ने चटारो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
paddy-dhan-81-6-29.jpg

नवलपुर । विजया दशमीको टीकापछि किसानहरु खेतमा जान व्यस्त भएका छन् । लहलह फलेको धान काट्न किसानहरु खेतमा व्यस्त भएका हुन् । 

तस्बिरमा नवलपुरस्थित खेतमा पाकेको धान काट्दै किसान व्यस्त देखिएका छन् । यतिबेला किसानलाई धान भित्र्याउने चटारो परेको छ । 

मानो रोपेर मुरी फलाउन भन्दै गत असारमा रोपेको धान दशैँको टीका सकिएसँगै किसानलाई धान काट्ने चटारो परेको हो । 

यसपालि वर्षा बढी नै भएकाले धान पनि उल्लेख्यमात्रामा बढेको छ । तर कहीँ कहीँ भने असिना पानी र हावाहुरीले धानलाई नोक्सानसमेत पुर्याएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ