arrow

भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
uml-new-partiy-office-kirtipur-81-6-25.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मीनबहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिबाना रकमसमेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिबाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिशन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्धा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेन्टल एग्रिमेन्टसमेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धतासहित सो बापत प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले घुस वा कमिशन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मीनबहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ । अतः यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानून बमोजिम कारबाही गर्नुपर्ने देखिन्छ । अतः निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) को परिच्छेद (२) को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठ वर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारबाही गर्न माग गर्दछु । आवश्यक प्रमाणहरु यसै निवेदनका साथ संलग्न गरिएको छ ।’

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ