arrow

हावाहुरीले फेवातालको बीचमा फसेका सात जनाको उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
fewaal.jpg.jpeg
फाइल तस्बिर

पोखरा । पोखरामा आज पनि हावाहुरीसहित वर्षा भएको छ । जसका कारण फेवातालको बीचमा फसेका सात जनाको उद्दार गरिएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको रेस्क्यु टिमले उनीहरुको सकुशल उद्दार गरेको हो ।

गणपति एसपी अरुणकुमार शर्माका अनुसार हवाहुरीसँगै पानीको छाल आउँदा तीन वटा डुंगामा सवार सात जना फेवातालको बीचमा फसेका थिए ।

भरतपुरका २८ वर्षीय रिजन श्रेष्ठ, काठमाडौँकी ३१ वर्षीया अर्चना भट्टराई, ललितपुरका २२ वर्षीय समीर शेर्पा, १९ वर्षीय सफल थापा मगर, २२ वर्षीय आयुष थापा मगर, ३० वर्षीय कृष्ण सुनार र २२ वर्षीय प्रशान्त लामाको उद्वार गरिएको एसपी शर्माले बताए ।

बिहीबार पनि हावाहुरीकै कारण फेवातालमा फसेका दुई जनाको उद्दार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ