arrow

पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडितले तोडे निषेधित क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
agitation-pokhara-81-7-4.jpg

पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । 

आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका छन् भने प्रहरीले पानीको फोहरा प्रयोग गरी भीड नियन्त्रणको प्रयास गरेको थियो । 

यता सहकारी पीडितले पनि निषेधित क्षेत्रमै प्रवेश गरेर नारा घन्काएका छन् । उनीहरुले सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय देलगायतका नारा घन्काएका छन् । 

दुवैतर्फको प्रदर्शन चर्किँदै गएपछि सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको छ । अप्रिय घटना हुन नदिन कास्कीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 
कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया आफैँ मैदानमा खटिएका छन् । रवि लामिछानेलाई लिएर अनुसन्धानको जिम्मेवारी पाएका डीएसपी वसन्तकुमार शर्मा अदालतमा छन् । 
सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । उनलाई शुक्रबार राति स्थलमार्गबाट पोखरा ल्याइएको हो ।
रविलाई पोखरा ल्याइएसँगै देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा आएका छन् । उनीहरुको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ