arrow

कुवामा डुबेर २९ वर्षीय युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
dang_district_map.png

दाङ । कुवामा डुबेर एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् ।

प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ