बंगलादेश साफ महिला च्याम्पियनशिपमा पाकिस्तानसँग बच्यो हारबाट
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
409
Shares
काठमाडौँ । बंगलादेश काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा पाकिस्तानले १–० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९० औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।
पाकिस्तानका लागि खेलको ३१औ मिनेटमा जाहमेना मालिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।
यो बराबरीपछि समूह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समूह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शीर्ष स्थानमा छ ।
अब समूह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।
पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले हराएको थियो । अब साविक विजेता बंगलादेशलाई सेमिफाइनलमा पुग्नका लागि तीन गोल भन्दा कम अन्तरले पराजित भए पनि पुग्नेछ ।