अमेरिकामाथि क्लिन स्वीप गर्न महत्वपूर्ण भूमिका खेलेका सोमपाल प्लेयर अफ द सिरिज
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
766
Shares
काठमाडौँ । सोमपाल कामी अमेरिका विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा प्लेयर अफ सिरिजको उपाधि जित्न सफल भएका छन् । उनले ३ खेलमा ५ विकेट लिएका हुन् । उनले दोस्रो र तेस्रो खेल जिताउन महत्वपूर्ण भूमिका खेले ।
सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिँदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए ।
तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।
तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै श्रृंखला क्लिन स्वीप गरेको छ ।