arrow

रास्वपा कार्यकर्ताले पोखरामा सहकारी बचतकर्तालाई धम्क्याउँदै कुट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
rsp-agitation-pokhara-81-7-5.jpg
तस्बिर – फाइल ।

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले बचतकर्तालाई पिट्ने र लखेट्ने काम गरेको जनाएको छ । समितिले रास्वपा सभापति रवि लामिछाने पक्राउमा परेपछि आफूहरुको डुबेको रकम फिर्ता आउने आशा पलाएको भन्दै आफूहरुको बोली बन्द गर्न कार्यकर्ताले आफूहरुलाई लखेट्ने र पिट्ने काम गरेको जनाएको हो । 

बुधबार विज्ञप्ति निकालेर संघर्ष समितिले अनुसन्धानलाई प्रभाव पार्ने कार्यक्रम दिनहुँ गरिएको र रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई लखेट्ने र पिट्ने कार्य गरेको भन्दै  आपत्ति जनाएको छ ।

संघर्ष समितिले बचतकर्तालाई न्याय दिने कार्यमा नलागी रवि लामिछाने बचाउमा लागेको विज्ञप्ति मार्फत जनाएको छ । रास्वपाका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरणलाई विथोलेको आरोप पनि संघर्ष समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । 

विज्ञप्तिमा बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्काउने कार्य गरिएकोप्रति आपत्तिसमेत जनाइएको छ ।

पीडितहरुले रविको अनुसन्धानमा प्रभाव गर्न खोजेर आफूहरुलाई सडकमा आउन बाध्य  नपार्नेसमेत रास्वपालाई चेतावनी दिएका छन् । 


संघर्ष समितिले बिहीबार बिहान ११ बजे मुस्ताङचोकमा उपस्थित हुनसमेत पीडित सबैलाई अनुरोधसमेत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ