arrow

सहकारी पीडित भन्छन् – सहकारीका समस्या समाधानमा सरकारले पहल गरेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
sahakari-pidit-mustangchock.jpg

पोखरा । कास्कीका सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै पोखरामा प्रदर्शन गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीको आह्वानमा सहकारी पीडितहरु मुस्ताङचोकमा जम्मा भएर प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितको आन्दोलनमा कांग्रेस-एमालेले ऐक्यवद्धता जनाए पनि सहभागीको संख्या भने न्यून छ । कांग्रेस-एमालेले ऐक्यवद्धतासहित सहकारी पीडितको प्रदर्शनलाई ध्यानमा राख्दै सयौँका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहकारी पीडितले सुरक्षा घेराभित्रै रहेर नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘हाम्रो बचत फिर्ता गर’, ‘गोरखा मिडियाका सञ्चालकलाई कार्वाही गर’, ‘जीवी राईलाई पक्राउ गर’ जस्ता नारा घन्काएका छन् ।

उनीहरुले सरकारले आजसम्म सहकारीका समस्या समाधानमा कुनै पहल नगरेको बताएका छन् । छिटोभन्दा छिटो सहकारी समस्या समाधान गरी आफूहरुको बचत फिर्ता गर्न उनीहरुले माग गरेका छन् ।

राजनीतिक दलदेखि सरकारसम्मलाई सहकारीका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गराउन दबाब दिने उद्धेश्यले प्रदर्शन गरिएकाे सूर्यदर्शन सहकारी पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ