- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । सहकारीको रकम अपचलनको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
लम्साल ताण्डव न्यूजमा आवद्ध थिए । उनी नेपाल प्रेस युनियनका उपाध्यक्ष पनि हुन् । उनलाई अर्चलबोटस्थित एक घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि फरार थिए ।
सोही सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल, बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामै छन् ।
मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् ।