arrow

‘रङहरुको ध्वनि’ अन्तर्राष्ट्रिय कला कार्यक्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
sound-colour.jpg

पोखरा । बुद्धिज एटलीयर र आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरी पोखराको आयोजनामा ‘रङहरुको ध्वनि’ अन्तर्राष्ट्रिय कला कार्यक्रम पोखरामा जारी छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनी र कला शिविरसहितको कार्यक्रम बुधबारबाट नयाँबजारस्थित गण्डकी प्रदेश संग्रहालयमा शुभारम्भ भएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त ,गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, आइडब्लुएस वाटर कलर सोसाइटी अध्यक्ष एवं कलाकार आटानुर डोगन, भारतका चर्चित कलाकार अमित कपुर, नेपाल वाटर कलर सोसाइटीका अध्यक्ष रत्न कुमार राई, पोखरा-३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्मचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कला क्षेत्रको पनि पुरानो विधा चित्रकला भएको बताए । उनले कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्वजगतमा पुर्‍याउन सकिने स्पष्ट पारे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति विखर्चीले कलाको प्रवर्द्धनमा विगतमा खासै केही नभए पनि हाल गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठानले कला र कलाकारको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको बताए ।

पोखरा-३ का वडाध्यक्ष उदासले कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै नयाँ पुस्तामा कलाकारिताप्रति चासो बढ्ने बताए ।

कलाकार आटानुर डोगनले प्राकृतिक रुपमा धनि शहर पोखरा आँफैमा रङ्गीन रहेको बताए ।

आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरीकी सञ्चालक गुरुङले नेपालको कला क्षेत्रको विकासका लागि सानो प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले यस्ता खालका कार्यक्रम सरकारी तवरबाटै सामूहिक रुपमा सबै कलाकारलाई समेटेर आयोजना हुनुपर्ने बताइन ।

बुद्धिज एटलियरका संस्थापक अध्यक्ष वुद्धि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मधु अधिकारीले गरेका थिए ।

कार्यक्रमको पहिलो दिन कलाकारले प्रत्यक्ष रुपमा आफ्नो कलाको प्रदर्शन गरेका थिए । दोस्रो दिन कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने बारे विद्यार्थीलाई अभ्यास गराइन् ।

यसैगरी तेस्रो सदन पोखराको बेगनासताल, माँझीकुनासहित गन्धर्व गाउँ भ्रमण गरिएको छ ।

चौथो दिन कार्तिक २४ गते कास्कीको धम्पुसमा चित्रकला कार्यशाला र कार्तिक २५ गते समापन हुने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ