arrow

मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
bijay-lamsal-mitramilan-sahakari.jpg

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चार दिनअघि पोखराबाटै पक्राउ परेका लम्साललाई आज कास्की जिल्ला अदालतले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
सहकारीको रकम अपचलनको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

लम्साल ताण्डव न्यूजमा आवद्ध थिए । उनी नेपाल प्रेस युनियनका उपाध्यक्ष पनि हुन् । उनलाई अर्चलबोटस्थित एक घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि फरार थिए ।

सोही सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल, बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामै छन् ।

साथै सहकारी ठगीमै जोडिएका सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ