arrow

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
Kaski_District.png

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ मेथलाङमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बर्दिया घर भएका २३ वर्षीय सन्तकुमार दहित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति करिब ९ः३० मेथलाङमा बन्दै गरेको लि-ग्लामर लक्जरियस रिसोर्टको सेरवालको जग खन्ने क्रममा दहित पुरिएका थिए ।

सो घटनामा गम्भीर घाइते भएका दहितको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

सोही घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा बर्दियाका २९ वर्षीय बाबुराम चौधरी, २६ वर्षीय राजेश चौधरी, दाङका २० वर्षीय अमृत चौधरी र २३ वर्षीय बिजय चौधरीको छन् ।

उनीहरुको चरकमै उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ