arrow

सहकारी पीडितले मागे गुहार, माइतीघरमा झडप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
sahakari-victim-81-8-5-(21).jpg

काठमाडौँ । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो क्रममा प्रहरीको बल प्रयोगमा केही घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज काठमाडौँमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको हो।  उपत्यकाका विभिन्न स्थानहरू  सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्यालीसहित माइतीघरमा पीडितहरुले प्रदर्शनी गरेका हुन् । 

सो क्रममा उनीहरुले बचत फिर्ता गर्न माग गर्दै नाराबाजी गरे । उनीहरुले ब्यानरमा ‘देशभरीका सहकारीपीडित एक हौँ’, ‘निर्दयी नेता र सरकार मिलेमतो र रमिता’, दुःखको कमाई, भयो संचालकलको रजाईं, गुहार गुहार’जस्ता नारासहितका प्ले–कार्ड र व्यानर लिएर प्रदर्शन गरे ।

उनीहरुले सो क्रममा गुहार गुहारको नारासमेत लगाए ।

देशैभर सरकारी ठगहरुको बिगबिगी भइरहँदा पीडितहरुले रकम फिर्ताको माग गरेका हुन् । सरकारले ठोस कदम नचालिदिँदा लाखौँ पीडित भएका छन् । 

sahakari-victim-81-8-5 (1).jpg
sahakari-victim-81-8-5 (2).jpg
sahakari-victim-81-8-5 (3).jpg
sahakari-victim-81-8-5 (4).jpg
sahakari-victim-81-8-5 (5).jpg
sahakari-victim-81-8-5 (6).jpg
sahakari-victim-81-8-5 (7).jpg
sahakari-victim-81-8-5 (8).jpg
sahakari-victim-81-8-5 (9).JPG
sahakari-victim-81-8-5 (10).JPG
sahakari-victim-81-8-5 (11).jpg
sahakari-victim-81-8-5 (12).jpg
sahakari-victim-81-8-5 (13).jpg
sahakari-victim-81-8-5 (14).jpg
sahakari-victim-81-8-5 (15).jpg
sahakari-victim-81-8-5 (16).jpg
sahakari-victim-81-8-5 (17).jpg
sahakari-victim-81-8-5 (18).jpg
sahakari-victim-81-8-5 (19).jpg
sahakari-victim-81-8-5 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ