arrow

सहकारी पीडितले बेथा सुनाउन घेरे मानव अधिकार आयोगको कार्यालय [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
sahakari-victim-81-8-7y-(12.jpg

काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकामा चिसो बढेको छ । यो चिसोले सबैलाई छोएको छ । तर सहकारी पीडितको शरीर भने तातेको छ । किनकि उनीहरुको पीडाको घाउ यो चिसोले छेक्दैन । 

उनीहरुले दुःखजेलो गरेर सहकारीमा राखेको पैसा अलपत्र परेपछि भविष्य पनि अन्धकार जस्तै बनेको छ । पैसा फिर्ता पाइने आशामा उनीहरु दैनिकजसो काठमाडौको माइतीघर मण्डलामा भेला भएर हारगुहार गरिरहन्छन् । 

तर उनीहरुको बेथा सुनिदिने कोही छैन । सो क्रममा शुक्रबार भने उनीहरु राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नै घेर्न पुगे । आफूहरुमाथि प्रहरीले लाठी बर्साएको भन्दै उनीहरु आयोगमा गुहार माग्न गएका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीमाथि प्रहरीले गरेको कुटपिटविरुद्ध आयोग मौन रहेको विषयको विरोध गर्दै शुक्रबार सहकारी पीडितहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

बुधबार काठमाडौँमा सहकारी पीडितहरुले आन्दोलन गरेका थिए । उपत्यकाको विभिन्न भेला भई पीडितहरु माइतिघर पुगेका थिए । सोही क्रममा प्रहरी र सहकारी पीडितबीच झडप भएको थियो । 

sahakari-victim-81-8-7y (1).jpg
sahakari-victim-81-8-7y (2).jpg
sahakari-victim-81-8-7y (3).jpg
sahakari-victim-81-8-7y (4).jpg
sahakari-victim-81-8-7y (5).jpg
sahakari-victim-81-8-7y (6).jpg
sahakari-victim-81-8-7y (7).jpg
sahakari-victim-81-8-7y (8).jpg
sahakari-victim-81-8-7y (9).jpg
sahakari-victim-81-8-7y (10).jpg
sahakari-victim-81-8-7y (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ