arrow

राहदानीसम्बन्धी सेवा अवरुद्ध भएपछि घुम्ती शिविर स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
department-of-passport-2080.jpg

लिस्बन (पोर्चुगल)। माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । 

माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । 

यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थिये । 

प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । 

राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ