arrow

नवनियुक्त चार राजदूतले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
four-ambsador-oath-09-16.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त चार राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजू राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ