arrow

पक्का हुने गरी पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते तोकियो [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
FNJ-Final.jpg

काठमाडौँ । पटक पटक सरेको नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति आएको छ । नयाँ मितिअनुसार मंसिर २८ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । 

त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । 

प्रदेश समितिको मनोनयन मंसिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोधसमेत गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ