काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचारका लागि उनी अस्पतालमा भर्ना भएका हुन् ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।