मंसिर २८ गते कसको हातमा जाँदैछ पत्रकार महासंघ ? यस्ता छन् प्यानल [सूचीसहित]
प्रतिष्ठान प्रदेशमा उम्मदवारको मनोनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
570
Shares
काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी शुक्रबार निर्वाचन हुँदैछ । केन्द्रको उम्मेदवारी घोषणा कार्यक्रमसमेत सम्पन्न भएको छ । प्रेस चौतारी र नेपाल प्रेस युनियले निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरेको छ भने प्रेस सेन्टर र समाजवादी प्रेसले निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा संयुक्त प्यानलले यसअघि नै उम्मेदवारको घोषणा गरिसकेको थियो ।
बिष्ट प्रेस युनियनकै भए पनि विद्रोह गरेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । त्यस लगत्तै प्रेस सेन्टर र समाजवादीले उनलाई अध्यक्षको सिट दिएर आफ्नो प्यानल बनाएको हो । बिष्ट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
यसले गर्दा असन्तुष्ट प्रेस युनियनको भोट उनलाई जाने अधिक सम्भावना छ । जेहोस् यसले भिडन्त भने रोचक हुने देखिन्छ ।
यता प्रतिष्ठान प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समिति संयोजक राजन कुइँकेलका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
त्यस्तै अपरान्ह ४ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने छ भने मनोनयनमाथि दाबी विरोध सवा ४ देखि साढे ५ बजेसम्म गर्न सकिने छ ।
उम्मेदवारी फिर्ताको समय मंगलबार दिउँसो १ बजेसम्मको समय रहेको छ । त्यतिन्जेल माहोल कता जान्छ हेर्न बाँकी छ ।
पटक पटक स्थगित हुँदै आएको महासंघको निर्वाचन अब भने मंसिर २८ गते काठमाडौँमा हुँदैछ । यस्तो छ केन्द्रको प्यानल
नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवारको नामावली: