arrow

पत्रकार महासंघ चुनावः सप्तरीमा देवलाई नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
fnj-saptari-2081.jpg

राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन) को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् । यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२–४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका हुन् । 

महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल,  सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए । 

महिला सदस्यमा रक्षा चौधरी,  दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । 

मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । 

यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ