arrow

एनपीएल रोमाञ्चक मोडमा

एनपीएलमा पोखरा र काठमाडौँ मैदानमा, हार्ने टिम बाहिरिने

आजै जनकपुर र चितवन खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
npl-kathmandu-pokhara.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज भिडिरहेका छन् । 

खेलमा काठमाडौँले टस जितेर पहिले बलिङ गरेको छ । दुवै टिमको ५ खेलमा ४ अंक भएकाले प्लेअफ पुग्ने आशा जीवितै राख्न जित्नैपर्ने दबाब छ ।

हार्ने टिम एक खेलअघि नै प्लेअफ होडबाट बाहिरिने छ । 

आजको दोस्रो खेल
आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्नेछन् ।

यो खेल जित्दा जनकपुर क्वालिफायरमा पुग्नेछ भने चितवनले जित हासिल गर्दा प्लेअफ पक्का गर्नेछ । 

अंक तालिका
६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । 

कर्णाली ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

पोखरा एभेन्जर्स ५ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ । 

पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ । 

यसअघिका खेल
–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो । 

– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो । 
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो । 
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए । 

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । 

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ