बैतडी । नेपाल पत्रकार महासङ्घ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएको छ । बैतडीमा अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदमा निर्विरोध चयन भएका हुन् ।
महासङ्घको आठौँ जिल्ला अधिवेशनबाट नरीदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
खसेको कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी भए । अर्का अध्यक्षका उम्मेदवार लोकेश साउँदले ६ मत मात्रै प्राप्त गरे । बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता हुन् ।
समितिको खुला उपाध्यक्षमा लक्ष्मण बिसी, महिला उपाध्यक्षमा रतना कलौनी, सचिवमा विनोद विष्ट, सहसचिवमा केशवराज भट्ट र समावेशी सहसचिवमा मङ्गेश दयाल निर्वाचित भए ।
कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा करूणाकर भट्ट २४ मत प्राप्त गरेर विजयी भए । भट्टका प्रतिस्पर्धी कृष्णबहादुर विष्टले २० मत पाए । अर्का कोषाध्यक्ष पदका उम्मेदवार सुरेश अवस्थीले एक मत पनि प्राप्त गर्न सकेनन् ।
यस्तै सदस्यमा गौरव चन्द, सरस्वती मडै, डम्बर बोहरा, वीरेन्द्र विष्ट, मदनराज भट्ट, राधिका भट्ट, प्रताप दमाई र विमला भट्ट पनि निर्विरोध चयन भएका छन् ।
साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय, अमर भट्टराई र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी, डिआर भट्ट, सिपी लोहिया र वसन्तप्रकाश विष्ट निर्विरोध निर्वाचित भए ।