arrow

नेपाल प्रिमियर लिग

छैटौँ खेल खेल्दै सुदूरपश्चिम, तीन टोलीको अन्तिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
npl-sudurpachhim-81-8-20.jpg

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् ।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् । 

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छ मध्ये दुई खेल मात्र जितेको छ । 

पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेल मात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ