arrow

अन्तिम चरणतिर एनपीएल

एनपीएलको लिग चरण सकियो, कसले कसलाई हरायो ? [विवरणसहित]

बुधबार इलिमिनेटर र पहिलो क्वालिफायर, यस्तो हुनेछ भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
npl-trophy-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत मंसिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको लिग चरण पुस १ गते सोमबार सकिएको छ । 

अन्तिम अर्थात् लिग चरणको २८ औँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएसँगै लिग चरण सकिएको हो ।

पहिलो संस्करणको एनपीएलमा अप्रत्याशित परिणाम पनि आएको छ । एउटा त सुपर ओभरमै निर्णायक बन्यो । 

अन्तिम ओभरको अन्तिम बलसम्म निकै कौतुहल जगाउँदै लिग चरण सकिएको हो । सहभागी आठ टिममध्ये चार टिम बाहिरिँदा चार टिम प्लेअफमा पुगेका छन् । 

शीर्ष चारमा रहेका टिम प्लेअफमा पुग्दा अन्तिम चारका टिम बाहिरिएका हुन् । सुदूरपश्चिम रोयल्स ७ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ । 

७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स पनि क्वालिफायरमा पुगेको छ । 

त्यस्तै चितवन ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेर प्लेअफमा रहँदा कर्णाली पनि ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ । 

७ खेलबाट ८ अंकमा रहेको काठमाडौँ गुर्खाज भने रन रेटमा पछि पर्दै पाँचौँ स्थानमा रहेर प्लेअफमा पुग्न पाएन । 

विराटनगर किंग्स ७ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रह्यो । पोखरा एभेन्जर्स ७ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रह्यो । 

लुम्बिनी पुछारमा रहे पनि लुम्बिनीका कप्तान एवं राष्ट्रिय टिमका कप्तान रोहित पौडेल सर्वाधिक रनकर्ता बनेका छन् ।  

अबका खेल
मंगलबार विश्रामको दिन रहेको छ । बुधबार दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे इलिमिनेटर खेल हुनेछ । उक्त खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । 

जित्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ भने हार्ने टिम बाहिरिने छ । 

दिउँसो १ बजे पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा लिग चरणका शीर्ष दुई टिम सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्नेछन् । 

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । 

दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको विजेता फाइनल प्रवेशका लागि खेल्नेछन् । यो खेल बिहीबार मध्यान्ह १२ बजे हुनेछ । 

फाइनल खेल फाइनलमा पहिलो क्वालिफायरको विजेता र दोस्रो क्वालिफायरको विजेता भिड्ने छन् । 

फाइनल खेल शनिबार पुस ६ गते हुनेछ । 

यस्तो छ लिग चरणको सबै २८ खेलको नतिजा
–२८ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हराएको हो ।

–२७ औँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ ।

–२६ औँ खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको छ । 

– २५ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई चितवन राइनोजले ३२ रनले पराजित गरेको हो । 

–२४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो । 

–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो । 

– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो । 

–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो । 

–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए । 

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । 

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ