काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको इलिमिनेटरमा अहिले चितवन राइनोज र कर्णाली याक्स भिडिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।
चितवन राइनोजले अब खेल जित्न १७६ रन ल्याउनुपर्नेछ । यो खेल जिते कर्णाली दोस्रो क्वालिफायरमा पुग्नेछ । तर यदि पराजित हुने हो भने खेलबाट बाहिरिने छ ।
खेलमा कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला ४३ र विलियम बोसिस्टा ५२ रनमा बनाएर आउट भए ।
साथै रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।
चाडविक वाल्टन ४६ रनमा अविजित रहे । बलिङमा चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।
बिहीबार दोस्रो क्वालिफायर हुनेछ भने शनिबार फाइनल हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १:०० बजे हुनेछ ।