arrow

नेपाल प्रिमियर लिग

कर्णाली क्वालिफायरमा, चितवन बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
npl-karnali-win.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेको छ । कर्णाली याक्सले २१ रनले खेल जितेको हो । 

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै गरेको चितवन २० ओभरमा ९ विकेटको क्षतिमा १५४ मै समेटियो । खेल हारेपछि चितवन राइनोज बाहिरिएको छ ।  

खेलमा कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । 

खेलमा कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला ४३ र विलियम बोसिस्टा ५२ रनमा बनाएर आउट भए ।

साथै रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

चाडविक वाल्टन ४६ रनमा अविजित रहे । बलिङमा चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एक एक विकेट लिए ।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए । 

बिहीबार दोस्रो क्वालिफायर हुनेछ भने शनिबार  एनपीएलको फाइनल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ