काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेको छ । कर्णाली याक्सले २१ रनले खेल जितेको हो ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै गरेको चितवन २० ओभरमा ९ विकेटको क्षतिमा १५४ मै समेटियो । खेल हारेपछि चितवन राइनोज बाहिरिएको छ ।
खेलमा कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।
खेलमा कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला ४३ र विलियम बोसिस्टा ५२ रनमा बनाएर आउट भए ।
साथै रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।
चाडविक वाल्टन ४६ रनमा अविजित रहे । बलिङमा चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एक एक विकेट लिए ।
चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।
बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।
बिहीबार दोस्रो क्वालिफायर हुनेछ भने शनिबार एनपीएलको फाइनल हुनेछ ।