-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । गत मङ्सिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र जनकपुरबीच खेल भइरहेको छ ।
खेलमा जनकपुरले टसका तर्फबाट आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका छन् । टस हारेको दिपेन्द्र सिंह ऐरीको सुदूरपश्चिम फिल्डिङमा उत्रिएको छ ।
१२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कबाट दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर भइरहेको हो ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेता कर्णालीसँग बिहीबार १२ बजे दोस्रो क्वालिफायर खेल्नेछ ।
फाइनल खेल शनिबार मध्यान्ह १२ बजे नै शुरु हुनेछ ।
उपाधि विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छ ।