arrow

नेपाल प्रिमियर लिग

फाइनलका लागि जनकपुर र सुदूरपश्चिम मैदानमा: आसिफले रोजे ब्याटिङ, दिपेन्द्र फिल्डिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
janakpur-sudurpaschim.jpg

काठमाडौँ । गत मङ्सिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र जनकपुरबीच खेल भइरहेको छ । 

 खेलमा जनकपुरले टसका तर्फबाट  आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका छन् । टस हारेको दिपेन्द्र सिंह ऐरीको   सुदूरपश्चिम  फिल्डिङमा उत्रिएको छ ।

 १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कबाट दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर भइरहेको हो । 

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेता कर्णालीसँग बिहीबार १२ बजे दोस्रो क्वालिफायर खेल्नेछ । 

फाइनल खेल शनिबार मध्यान्ह १२ बजे नै शुरु हुनेछ । 

उपाधि विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ