arrow

राहुल गान्धीले धकेलेर भाजपा सांसद प्रताप सारंगी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
pratap-sarangi-rahul-gandhi.jpg

नयाँदिल्ली । भारतको संसदमा सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाका सांसदमाथि कांग्रेस सांसद एवं विपक्षी दलका नेता राहुल गान्धीले हातपात गरेका छन् । 

ओडिशाका बालासोरबाट जितेका भाजपा सांसद प्रताप सारंगीलाई राहुलले धकेल्दा टाउकोमा चोट लागेको छ । 

उनलाई ह्विल चेयरमा राखेर उपचारका लागि लगिएको छ । सारंगीले राहुल गान्धीले धक्कामुक्की गरेर आफू लडेको बताए । 

उनका अनुसार राहुलले कुनै सांसदलाई धक्का दिए अनि ती सांसद सारंगीको माथि लडेसँगै उनलाई चोट लाग्यो । 

रिपोर्टअनुसार भाजपा सांसद मुकेश राजपुतलाई राहुलले धक्का दिएपछि राजपुत लडेर सारंगीमाथि आउँदा सारंगी ठोक्किएर लडेका हुन् । 

सारंगीलाई राम मनोहर लोहिया अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । 

राहुुलले भने आफूलाई भाजपा सांसदले धम्की दिएपछि धक्का स्पष्टीकरण दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ